आजको मौसम: प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

- Advertisement -
Ad imageAd image

महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

सोमबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न अनुरोध महाशाखाले गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्