सल्यान जिसस प्रमुख लगायतलाई साधारण सदस्य समेत नरहने गरी कांग्रेसले गर्‍यो कारवाही

नेपाली काँग्रेस सल्यानले गठबन्धन विरोधी कार्य गरेको भन्दै जिल्लाका २२ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

नेपाली काँग्रेस सल्यानले गठबन्धन विरोधी कार्य गरेको भन्दै जिल्लाका २२ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ ।

नेपाली कांग्रेस जिल्ला सभापति केशबहादुर विष्टले शनिबार जारी गरेको विज्ञप्ति अनुसार २२ जना नेतालाई ५ वर्षसम्मका लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो । विज्ञप्तिमा भनिएको छ: विधानविपरीत काम गरेका नेताहरूलाई स्पष्टीकरण सोधिएकोमा स्पष्टीकरण चित्त बुझ्दो नभएपछि कारबाही गरिएको हो ।

- Advertisement -
Ad imageAd image

कारबाहीमा पर्ने नेताहरूमा जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका बेलाराम रावत, प्रदेश कमिटी सदस्य कालिप्रसाद भण्डारीसहितका नेता कार्यकर्तालाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विस्तृत :

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्