काठमाडौँ – निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै बहालवाला मन्त्री मेटमणि चौधरीलाई कारबाही गरेको छ।
आफ्नो क्षेत्रमा बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित गरेको कसूरमा आयोगले कारबाही गरेको हो ।
निर्वाचन आयोग ऐन दफा २३ (३) अनुसार २५ हजार रुपैयाँ जरिवाना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्