अनलाइन सञ्चार माध्यमको दुरुपयोग गरी सत्ता गठबन्धनलाई असफल पार्ने लक्षितसहित प्रकाशित भ्रामक समाचारहरूको खण्डन गर्दै नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयका मुख्य सचिवहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । भ्रामक समाचारहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
दुई पार्टीले जारीगरेको संयुक्त प्रेशबिज्ञप्तिमा नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
निर्वाचनको पूर्वसन्ध्या विभिन्न सञ्चारमाध्यमहरूको ‘फेक’ समाचारको कटिङ भाइरल बनाइएको छ । सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै नयाँ पत्रिका, अनलाइन खबर, सेतोपाटी, रातोपाटीलगायत मिडियामा प्रेसित समाचारजस्तै देखिने गरी एडिटगरी तयार गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।’
दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत भएको दुई पार्टीले ठहर गरेको छ । खासगरी एमाले राप्रपाका नेता कार्यकर्ताले यस्तो भ्रामक समाचार शेयर गर्रिरहेका छन् ।
यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइएको छ भने साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गरिएको छ।
बिज्ञप्ति :



प्रतिक्रिया दिनुहोस्