विराटनगरमा आतंक मच्चाउने प्रयाश, शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पार्‍यो

शनिबार दिउँसो विराटनगर महानगरपालिका-३ को  पुष्पमार्ग र विराटनगर– ३ खारजीमा शंकास्पद वस्तु फेला परेको हो । डिस्पोज गरिएका वस्तु बम नभएको जिल्ला प्रहरी कार्यालय मोरंगले बताएको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०७९, शनिबार
1 Min Read
Aa
bom

विराटनगरमा भेटिएका शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । खतराका चिन्ह बनाइएका दुई शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो ।

शनिबार दिउँसो विराटनगर महानगरपालिका-३ को  पुष्पमार्ग र विराटनगर– ३ खारजीमा शंकास्पद वस्तु फेला परेको हो । डिस्पोज गरिएका वस्तु बम नभएको जिल्ला प्रहरी कार्यालय मोरंगले बताएको छ । पुष्पचोकमा रङको खाली बट्टामा कपडा राखेर तार र टेपले बेरेको अवस्थामा र खारजीमा इनामेलको बट्टा खतरा राखेर राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले गोरक्षपोष्टलाई बताए ।

- Advertisement -
Ad imageAd image

निर्वाचनमा आतंक सिर्जना गर्ने उद्देश्यले उक्त नक्कली बम राखिएको हुन् सक्ने प्रहरीले बताएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्