पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार सहित ३ पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरूलाई अहिले प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको बताइएको छ । उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका जानकारी दिएको छ । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको बताए । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

TAGGED: