प्रभु बैंकको लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्