काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन मिति जजिकिएसँगै काठमाण्डौ उपत्यकाका फरक–फरक ३ स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।

प्रहरीका अनुसार ललितपुरको जावलाखेल, काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा शंकास्पद वस्तु फेला परेका हुन् ।

- Advertisement -
Ad imageAd image

जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जनाइएको छ ।

ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय नजिकै बम फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तैगरी काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा पनि शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

यही मंसिर ४ गते हुने आम निर्वाचन विथोल्ने उदेश्यकासाथ बम राखिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्