आजदेखि शैक्षिक संस्था ५ गतेसम्म बिदा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सरकारले चुनावलाई लक्षित गर्दै आज (मंसिर २) देखि शैक्षिक संस्थामा बिदा दिइएको छ । आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

- Advertisement -
Ad imageAd image

सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: