मौन अवधिका नियम उल्लङ्घन गरे कडा कारबाही गर्न निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ।

केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले यस्तो निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाले बताए।

- Advertisement -
Ad imageAd image

निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टा अघिको समयलाई मौन अवधि तोकेको छ। यो समयमा पालना गर्नुपर्ने नियमकाबारे भनिएको छ, ‘कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न वा गराउन हुँदैन।’

यो नियम उल्लङ्घन गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना हुने थपलियाले बताए। स्थानीय निर्वाचन आचारसंहिता अनुगमन समितिलाई यो कसुरबारे कडाइका साथ अनुगमन गर्न आयोगले निर्देशन दिएको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्