स्वतन्त्र र नयाँ दलका उम्मेदवारहरु एकजुट नभएको भन्दै मतदाता रुष्ट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa
partinidhi

राममाया बस्नेत

काठमाडौं– आगामि मसिंर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाका स्वतन्त्र  र नयाँ दलका उम्मेदवारहरु एकजुट नभएको भन्दै मतदाताहरु रुष्ट भएका छन् ।  जनसमुदायमा गहिरो जरा गाडेर बसेका पार्टी विरुद्ध उठ्ने स्वतन्त्र उम्मेदवारहरु आपसी सरसहयोग र एकतामा जोड दिनुको सट्टा दलका उम्मेदवार जस्तै आफ्नो–आफ्नो तरिकाले धेरै उम्मेदवार उठेको कारण चित्ता नबुझेको लखनखेलका स्थानीय बासिन्दा लालकार्जी महर्जन बताउँछन् । ‘सबै मिलेर उठेका भए पुराना पार्टीलाई भन्दा नयाँ युवा र स्वतन्त्र ठिक थियो तर, उनीहरु बिच नै एकजुट छैन के भन्नु,’ उनले भने । त्यसो त पछिल्लो समय ललितपुरमा स्वतन्त्र उम्मेदवारको धेरै चर्चा हुने गरेको छ ।
ललितपुरमा मात्र प्रतिनिधिसभा सदस्यका लागि २५ जनाको स्वतन्त्र उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय ललितपुरको तथ्याङ्क अनुसार ललितपुर क्षेत्र नं १ मा १० जनाले, क्षेत्र नं २ मा आठ जनाले र क्षेत्र नं ३ मा सात जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
काठमाडौं र भक्तपुरमा नयाँ दलका उम्मेदवारहरुको धेरै चर्चा भए पनि स्वतन्त्ररुपमा उठेका उम्मेदवारहरुको खासै धेरै चर्चा छैन । काठमाडौं र भक्तपुरमा ललितपुरको तुलनामा स्वतन्त्ररुपमा उठेका उम्मेदवारबाट पुराना दलका उम्मेदवारहरुलाई कम दवाव छ ।
हरेक चुनावमा स्वतन्त्र उम्मेदवारहरु हैसिए पनि जित भने एक दुई जनाले मात्र हात पार्न सफल भएका छन् । यसपछाडिको कारणमा केही पार्टीले टिकट नदिएपछि बागि उठने गरेका छन् । केहि उम्मेदवार एक अर्कोको उम्मेदवारलाई भोट काट्नाका लागि मात्र उठाएकाले पनि जित हात पार्न स्वतन्त्रहरुले मुस्किल हुने गरेको मतदाताको बुझाई छ । केहि व्यक्ति कोहि पार्टीको सहयोग बिना स्वतन्त्र उम्मेदवार नै उठे पनि उनीहरुलाई पनि जितमा मुस्किल हुने गरेको छ । स्वतन्त्र उम्मेदवारहरुले जित्छन् भन्ने विश्वास मतादाताहरुमा कम देखिन्छ । यद्यपी काठमाडौं महानगरपालिकामा बालेन्द्र साहले मेयरमा जित्न सफल भएपछि भने स्वतन्त्र उम्मेदवारमा हौसला बढेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउन भन्दै डडेल्धुरामा सागर ढकाल स्वतन्त्रमा उठेका छन् । यता झापामा पूर्वप्रधानमन्त्री केपी ओलीलाई हराउन भनेर युग पाठक स्वतन्त्र उम्मेदवार उठेका छन् ।
निर्वाचन आयोगका अनुसार ४ मंसिरको प्रतिनिधि सभा चुनावमा देशभरबाट ८६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । १२ सय ७८ जनाले प्रदेश सभा छिर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्