काठमाडौँ – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि भन्दै निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजरमा विषाक्त केमिकलको मात्रा अत्यधिक रहेको भन्दै यसको प्रयोग नगर्न औषधी व्यवस्था विभागले कडा निर्देशन दिएको छ ।
स्यानिटाइजरको सम्बन्धमा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले बनाएको मापदपण्ड विपरीत पाइएको भन्दै औषधी व्यवस्था विभागले ती स्यानिटाइजरको प्रयोग नगर्न कडा चेतावनी दिएको हो ।
निर्वाचन आयोगले प्रत्येक मतदान केन्द्रमा प्रयोगका लागि भन्दै ५ सय एमएलको १० थानका दरले प्रत्येक मतदान केन्द्रमा ५ लिटरका दरले स्यानिटाइजर वितरण गर्ने तयारी गरेको थियो । सोही तयारी अनुसार स्थानका मतदान केन्द्रमा ती स्यानिटाइजरहरू पठाइसकिएको थियो भने काठमाडौँकै कतिपय मतदान केन्द्रमा स्यानिटाइजर पुगिसकेको थियो ।
तर मंगलबार साँझ एकाएक निर्वाचन आयोगले आफ्नो सिस्टममार्फत् मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई एसएमस पठाएर आयोगले पठाएको स्यानिटाइजर प्रयोग नगर्न सूचित गर्दै स्यानिटाइजर आयोगमै फिर्ता पठाउन आग्रहसमेत गर्यो । निर्वाचनको मितिभन्दा ४ दिन अगाडि मात्रै पठाइएको उक्त एसएमएसमा स्यानिटाइजर प्राविधिक परीक्षणअनुसार उक्त स्यानिटाइजर योग्य नदेखिएको उल्लेख गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्