चीनका राष्ट्रपति सी चिनफिङले क्यानेडाका प्रधानमन्त्री जस्टिन ट्रुडुलाई हप्काए (भिडियो)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

G -20 शिखर सम्मेलनको दौरान चीनका राष्ट्रपति सी चिनफिङले क्यानेडाका प्रधानमन्त्री जस्टिन ट्रुडुलाई हप्काएका छन् । राष्ट्र प्रमुखका रूपमा चीन र क्यानाडाबीच भएको वार्ता संवाद पत्रिकामा जस्ताको त्यस्तै प्रकाशित भएकोप्रति असन्तुष्टि जनाउँदै सी जस्टिन ट्रुडुसँग रिसाएका हुन् ।

सम्मेलनका दौरान चीनका राष्ट्रपति  सीले  ट्रडुलाई कुनामा तानेर आपत्ति जनाउदै झोक्किएका थिए ।

सी ले ‘हामीले जे विषयमा कुरा गरेका थियौँ, त्यो जस्ताको त्यस्तै पत्रपत्रिका आयो यो राम्रो भएन। यसरी कुटनीति चल्दैन,’ भन्दै ट्रुडुलाई झपारेका थिए ।

प्रतिक्रियामा ट्रुडुले क्यानेडामा सबै विषय स्वतन्त्र र निष्फिक्री व्यक्त गर्ने संस्कार रहेको,केही चिनियाँ नीतिप्रति असहमत रहेको तर चीनसँग रचनात्मक ढंगले काम गर्न तयार रहेको वताए ।

ट्रुडुले सहकार्यको कुरा गरेपछि झोक्किंदै सीले भने ‘सहकार्य त गर्नैपर्छ तर त्यसका लागि पहिले वातावरण निर्माण हुनुपर्छ,’ ।

भिडियो :

श्रोत  The Guardian :

प्रतिक्रिया दिनुहोस्

Array