भोट हाल्नु अघि आफ्नो र आफ्ना छोराछोरीको भविष्यलाई सम्झनु होला: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभरका आम मतदातालाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै आफ्नो र आफ्ना छोराछोरीको भविष्यलाई सम्झेर सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् । ओलीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मतदानको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत देशभरका मतदातालाई अब स्पष्ट निर्णय लिने समय आएको बताएका छन्।

‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निर्क्योल गर्नेछ, शेरबहादुर देउवा वा म केपी शर्मा ओलीको हातमा ?,’ अध्यक्ष ओलीले भने । देशमा स्वार्थी गठबन्धन रहिरहे मुलुक बर्बाद हुने बताउँदै ओलीले भनेका छन्–‘तपाई मतदाता र तपाईका छोराछोरीको भविष्य समेत बर्बाद हुनेछ ।’

ओलीले सूर्य चिन्हमा मतदान एमालेको जितका लागि नभएको स्पष्ट गर्दै अपिलमा थप भनेका छन्–’म तपाई र तपाईको सन्तानको सुखको लागि, राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र पाँच वर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दै छु ।’

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: ,