संखुवासभामा ६३ मेगावाट क्षमताको छुजुङ जलविद्युत आयोजना निर्माण गर्ने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – संखुवासभामा पहिचान भएको ६३ मेगावाटको छुजुङ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण अघि बढाउने तयारी गरिएको छ।
संखुवासभाको भोटखोला गाउँपालिका भएर बग्ने छुजुङ र छुमछामखोल्सीको पानी समेत उपयोग गरि निर्माण हुने यो प्रस्तावित आयोजना सांग्रिला ऊर्जा प्रालिले अघि बढाउन लागेको हो।

विद्युत विकास विभागले आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय र सुझाव पेश गर्न अनुरोध गरेको छ। आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार भइसकेको छ।

दैनिक ४ घण्टाको दरले पिकिङ हुने गरि अर्धजलाशययुक्त प्रकृतिको आयोजना निर्माण गरिनेछ। यसको डिजाइन वहाब ८.४१ घनमिटर प्रतिसेकेण्ड रहेको छ। आयोजनाबाट बार्षिक सरदर ३७१.८४८ गिगावाट घण्टा विद्युतशक्ति उत्पादन हुनेछ।आयोजनाको मुख्य संरचनाहरु छुजुङ खोलाको दायाँ किनारामा पर्छ।

छुजुङ खोलामा बाँध बाँधेर खोलाको दायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काइनेछ। सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु सेटलिङ बेसिन, हेडरेस टनेल, हेडरेस पाइप, पिकिङ पोखरी, सर्ज ट्यांक, पेनस्टक पाइप हुँदै विद्युत गृहमा लगिनेछ। विद्युत उत्पादनपछि पानीलाई टेलरेस टनेलमार्फत पूनस्छुजुङ नदीमा नै छाडिने छ। भुमिगत विद्युत गृह हुनेछ। ३२४ मिटरको टेलरेस टनेल हुनेछ।

उत्पादित ऊर्जालाई विद्युत गृहमा बनाइने भुमिगत ट्रान्सफर्मर क्याभर्नमा जडान हुने ११-२२० केभी,२२.५ एमभीए क्षमताका ४ वटा सिंगल फेज ट्रान्सफर्मरबाट करिब ५५ किमीमा रहेको नेपाल विद्युत प्राधिकरणको प्रस्तावित सितलपाटी सवस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ।

आयोजनाबाट २०८४ मंसिरबाट व्यवसायिक उत्पादनको लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: