सत्ता गठबन्धनको अन्तिम चुनावी सभा काठमाडौँमा, शीर्ष नेताले सम्बोधन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सत्ता गठबन्धनले आज काठमाडौँको कोटेश्वरमा चुनावी सभा गर्ने भएका छन्। गठबन्धनको काठमाडौँ क्षेत्र नम्बर-२ चुनाव परिचालन समितिको आयोजनामा आज अन्तिम चुनावी सभा गर्न लागेको हो । सभा दिउँसो २ बजे कोटेश्वरमा आयोजना गरिएको छ ।

चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर(२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

- Advertisement -
Ad image

यही मंसिर ४ मा हुने निर्वाचनका लागि काठमाडौँ(२ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती, प्रदेशसभा ९क० मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा ९ख० मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयाल उम्मेदवार छन् ।

आज मध्यरातदेखि मौन अवधि सुरू हुने भएकोले सत्ता गठबन्धनको यो अन्तिम चुनावी सभा हो। मौन अवधिमा चुनावी प्रचार गर्न पाइँदैन।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्