विदेशी मुद्राको सञ्चितिमा सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– २०७८ साउनदेखि लगातार घटेको विदेशी मुद्राको सञ्चितिमा सुधार आएको छ । मुद्राको सञ्चितिमा सुधार आएसँगै वस्तु आयात गर्नै क्षमता पनि बढेको छ । राष्ट्र बैंकले बुधबार देशको आर्थिक सूचकांक सार्वजनिक गर्दै बाह्‍य क्षेत्रमा सुधार भएको जनाएको छ।
राष्ट्र बैंकका अनुसार, अहिले विदेशी मुद्राको सञ्चिति एक महिनामै ५७ अर्बले बढेर १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। यो पैसाले ९.६ महिनाको वस्तु र ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने बैंकले जनाएको छ ।
जबकी यो घटेर ६.६ महिनाको मात्र वस्तु तथा सेवाको आयात धान्ने अवस्थामा पुगेको थियो। यही कारण सरकारले विदेशी मुद्रा जोगाउन सुरुमा १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । अहिले पनि गाडी, मोटरसाइकल, ३०० डलरमाथिको फोन र मदिरा आयातमा प्रतिबन्ध कायमै छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आयात प्रतिबन्ध खुला गर्ने बाटो खुलेको छ। विदेशी मुद्राको सञ्चिति बढेसँगै मन्त्रालयलाई प्रतिबन्ध खुला गर्ने बाटो खुलेको हो ।
वैदेशिक मुद्राको संचिति बढेसँगै वाणिज्य मन्त्रालयलाई प्रतिबन्ध खोल्ने बाटो खुलेको हो। मन्त्रालयले २०७८ वैशाख १३ गतेदेखी १० वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। जसमध्ये हाल गाडी, मोटरसाइकल, मोबाइल, टेलिभिजन र मदिरा ४ वस्तुमा आयात प्रतिबन्ध कायम छ।मन्त्रालयले यो प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याएको छ।

प्रतिक्रिया दिनुहोस्

Array