नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा आएपछि नागरिकताको समस्या एकवर्षमा समाधान हुने बताएका छन् । ओलीले आज सुनसरीमा भएको एक चुनावी सभालाई सम्बोधन गर्दै एमालेले नेपालीलाई नागरिकता दिनलाई नछेकेको तर विदेशीलाई नागरिकता दिन भने एमालेले रोकेको र रोक्ने बताए । उनले भने आज नेपाल आयो आजै नागरिकता प्राप्तगर्ने हुन सक्दैन ।
अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अंगिकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइने आश्वासन समेत दिए ।
आजै मात्रै राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई जवाफ लेख्दै राष्ट्रको रक्षाको लागि नागरिकता विधेयक प्रमाणिकरण नगरिएको वताएको छ ।


प्रतिक्रिया दिनुहोस्