नेपालमा विश्वकप लाइभ हेर्न शुल्क तिर्नुपर्ने, अन्तरिम आदेश खारेज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – विश्वकप फुटबल हेर्नका लागि शुल्क लिन नपाइने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि दिइएको अन्तरिम आदेश खारेज भएको छ। सर्वोच्चले बुधबार उक्त आदेश खारेज गरेको हो।

अन्तरिम आदेश खारेज भएसँगै विश्वकप हेर्नलाई शुल्क तिर्नुपर्ने भएको छ। न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र मनोज शर्माको इजलासमा बुधबार यस्तो आदेश जारी गरेको हो।

- Advertisement -
Ad imageAd image

खेल हेरेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था र त्यसविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न पाउने विषयमा अन्योल भएको थियो।

नेपालमा विश्वकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्न पाउने वा नपाउने निर्णय सोमबार हुने आदेशले निर्धारण गर्ने छ। सर्वोच्चले यसअघि जारी भएको अल्पकालिन अन्तरिम आदेश खारेज भएमा मिडिया हबले शुल्क लिएर विश्वकप प्रत्यक्ष प्रशारण गर्न पाउने छन् भने अन्तरिम आदेश जारी भएमा शुल्क लिन पाउने छैन। सर्वोच्चको अन्तरिम आदेश जारी नगरेमा मिडिया हबले शुल्क लिन पाउने छ। हरेक चार वर्षमा हुने विश्वकप फुटबल प्रतियोगिताप्रति नेपालमा पनि व्यापक चासो र चर्चा हुने गरेको छ।

सबैजसो उमेर समूहका नेपालीले उक्त खेल प्रतियोगिता टेलिभिजनमा प्रत्यक्ष हेर्ने भएकाले नेपालमै महत्व छ।यसपटक उक्त प्रतियोगिताका खेल हेर्न नेपालमा ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भनिएपछि त्यसले ‘विवाद’ उत्पन्न भएको थियो। अधिवक्ता किशोर पौडेलले उक्त निर्णय गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्