तीन महिनामा व्यापार घाटा १३.१ प्रतिशतले कमी, आयात १६.२ प्रतिशतले कमी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
3 Min Read
Aa

काठमाडौं– चालु आर्थिक आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु निर्यात ३५.७ प्रतिशतले कमी आई रु.४१ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको थियो । यस्तो निर्यात भारत र चीनतर्फ क्रमशः ४५.० प्रतिशत र ३५.० प्रतिशतले कमी आएको छ । अन्य मुलुकतर्फको निर्यात भने ५.० प्रतिशतले वृद्धि भएको छ । निर्यात कम भएका वस्तुहरुमा सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुहहश्र रहेका छन् । जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, तयारी पोशाक, चिया लगायतका वस्तुहरुको भने निर्यात बढेको छ ।
आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु आयात भने १६.२ प्रतिशतले कमी आई रु.४०१ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३.७ प्रतिशतले बढेको थियो । भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १६.७ प्रतिशत र १९.२ प्रतिशतले कमी आएको छ । पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, कोइला लगायतका वस्तुको
आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, कच्चा सोयाविन तेल, एम.एस. तार, छड, बार, क्वाइल लगायतका वस्तुको आयात घटेको छ । निर्यात सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयात सुख्खा बन्दरगाह, जलेश्वर, तातोपानी बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु व्यापार घाटा १३.१ प्रतिशतले कमी आई रु.३५९ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५८.३ प्रतिशतले बढेको थियो ।

निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.३४ अर्ब ५९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५४ अर्ब १७ करोड बराबरको भएको थियो ।
वैदेशिक व्यापारको संरचना
वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५७.० प्रतिशत र ४३.० प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात्०.०३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४१.८ प्रतिशत, ०.०३ प्रतिशत र ५८.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.२ प्रतिशत, पुँजीगत वस्तुको ८.३ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.० प्रतिशत, ११.० प्रतिशत र ३६.० प्रतिशत रहेका थिए ।
निर्यात–आयात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा २०७९ असोज महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ४.१ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क १२.४ प्रतिशतले बढेको छ । २०७८ असोज महिनामा ३.१ प्रतिशतले घटेको व्यापारको शर्त २०७९ असोज महिनामा ७.४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array