दोहोरो अंकले बढ्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.४० अंक (०.७१ प्रतिशत) ले वृद्धि भएर १९११.२६ अंकमा बन्द भएको छ ।

बुधबार म्युचुअल फण्ड र व्यापार उपसूचक बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । बुधबार हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनी उपसूचक भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । बुधबार नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब माथिको बराबर भएको बजारमा बुधबार २४ लाख ९५ हजार ६१२ कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजारको कारोबार भएको छ ।

जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक ६ करोड ३ लाख ३९ हजारको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ४ करोड १ लाख ९१ हजार र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८१ लाख २६ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १४१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३८ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको स्थिर छ । बुधबार कारोबार भएकामध्ये सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गणपति लघुवित्तको सेयर मूल्य ७.७१ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको ५.५३ प्रतिशतले बढेको छ । यता जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.१३ प्रतिशतले गिरावट हुँदा सबैको लघुवित्तको सेयर मूल्य ३.६८ प्रतिशत तथा विशाल बजार कम्पनीको सेयर मूल्य २.८४ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्