कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न मतदाताहरूलाई आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

 प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरूलाई आह्वान गरेको छन् ।

उनले भने– ‘म आदरणीय मतदाताहरूमा विशेष अनुरोध गर्न चाहन्छु–निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका सम्पूर्ण बालिग मतदाताहरूले कसैको डर, त्रास, धाक, धम्की, अवरोध अथवा कुनैपनि किसिमको प्रलोभनमा नपरी गोप्य रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु उनीहरूको अधिकार हो । मतदान गर्न पाउनु अधिकार मात्रै होइन ।

आफ्नो प्रतिनिधि छान्ने यो अवसर प्रयोग गर्नु हरेक मतदाताको कर्तव्य पनि हो । मतदाताहरूलाई गोप्य मतदानद्वारा आफ्नो हकको सुनिश्चितता गर्नका निम्ति हामीले संविधान बमोजिम विभिन्न कानुन तथा आयोगले विभिन्न निर्देशिकाहरु समेत जारी गरेको छ । यी सबै व्यवस्थाले कसैको डर, त्रास, धम्की, अवरोध वा प्रलोभनमा नपरी आफ्नो मतदान प्रयोग गर्नसक्ने, यदि कसैले त्यस्तो अवस्था सृजना गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवस्थासमेत गरिएको छ ।

निर्वाचन कसुर तथा सजाय ऐनले कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मत पत्र कसैलाई देखाउन, अरूले देख्नेगरी प्रदर्शन गर्न, गोप्य मत संकेत गर्ने ठाउँमा मत संकेत नगरेर अन्यत्रै गएर मतदान गर्न, बाहिर गएर मतदान गर्न र मत संकेत गरेको ब्यहोरा कुनैपनि तरिकाले कसैलाई पनि भन्न र छाप लगाएको मतपत्र छ, त्यो आफैंसँग लिएर जान हुँदैन । तपाई कसलाई मतदान गर्नुहुन्छ? तपाई कुन चिन्हमा मतदान गर्नुहुन्छ? भन्ने जस्तो प्रश्न सोधि निजको गोपनीयताको हकलाई जबरजस्ती वञ्चित गर्नेगरी कुनैपनि गतिविधि गर्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: