शासन प्रणाली भन्दा व्यवहार परिवर्तन गर्न जरुरी छ: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासन प्रणाली परिवर्तन गर्ने विषय हतारिएर गर्ने कुरा नभएको बताएका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले शासन प्रणाली भन्दा पनि व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताए ।

‘व्यवहार उही, मान्छे उही, प्रवृत्ति र आचरण उही भएपछि जुनसुकै शासन प्रणाली आएपनि हुने केही होइन, त्यो व्यवहारले असर गर्छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले सत्ता गठबन्धन २० वर्षसम्म रहने भन्ने कुरा असम्भव रहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्ने भएकाले खरानीको डल्लोजस्तो हुने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: