गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ साल माघमा कालोसूचीमा राखेको भन्दै गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि कास्की ३ बाट उम्मेदवार बनेका माओवादीका नेता बरालविरुद्ध उजुरी परेको हो।

- Advertisement -
Ad image

बरालले सरकारी संयन्त्रबाट लिएको कर्जा नतिरेर उम्मेदवार बनेको भन्दै पोखरा २४ का बोधराज सुवेदीले उजुरी गरेका हुन्।

बराल संलग्न रहेको पोखरा ९ नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सहकारी संस्थालाई कोषले ५० लाख रुपैयाँ कर्जा दिएको थियो। त्यसको साँवा, ब्याज २०७३ साल असार मसान्तसम्म बुझाउनुपर्ने थियो।

तर, नबुझाएपछि कोषले उक्त संस्थामा संलग्न बरालसहित १५ जनाको नाम कालोसूचीमा राखेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्