गृहमन्त्री खाँणविरुद्ध परेको बहुविवाहको उजुरी तामेलीमा राख्ने आयोगको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध परेको उजुरी तामेलीमा राख्ने निर्णय गरेको छ।

गृहमन्त्री खाँणविरुद्ध आयोगमा बहुविवाह गरेको भन्दै उजुरी परेको थियो। नेपाली काँग्रेसका तर्फबाट रुपन्देही-३ मा प्रतिनिधि सभाका उम्मेदवार रहेका खाँणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी परेको थियो।

- Advertisement -
Ad imageAd image

आयोगले उजुरी तथ्यपरक नभएको र क्षेत्राधिकार बाहिर रहेको भन्दै तामेलीमा राखेको जनाएको छ। बहुविवाहको मुद्दा गृह मन्त्रालय अन्तर्गत पर्ने जनाउँदै तामेलीमा राख्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ।

गृहमन्त्री खाँणका दुई वटा श्रीमती दिलमाया खाँण र मञ्जु खाँण रहेको भन्दै आयोगमा बहुविवाहको उजुरी परेको थियो। खाँणले उम्मेदवारी दर्ता गर्दा दिलमायाको नाम उल्लेख गरेका थिए।

मञ्जु खाँण भने काँग्रेसबाट समानुपातिक उम्मेदवार बनेकी छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्