नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा ११ प्रतिशत लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यद्यपि, लाभांश भने राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको साधारण सभाले पारित गरेपछि सदस्यहरूमा वितरण हुनेछ ।  प्रस्तावित ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रूपैयाँ बराबरको बोनस सेयर बाँड्ने छ भने बैंकले १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रूपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
अघिल्लो वर्ष बैंकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत गरी कुल १६ प्रतिशत लाभांश बाँडेको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष बैँकको लाभांश घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array