नागरिकताको विषय चार वर्षअघि नै सल्टाइसकेको हुँ : रवि लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिकताको विषय आफूले चार वर्षअघि नै सल्टाइसकेको बताएका छन्।

अमेरिकाको नागरिक भइसके पनि नेपालको नागरिकता नत्यागेका विषयमा परेको उजुरीमा प्रष्टीकरण दिँदै उनले यस्तो बताएका हुन्। सामाजिक सञ्जाल फेसबुक लाइभमा उनले आफूले अमेरिकाको नागरिकता पाएपछि नेपाली नागरिकता त्यागेको वा नत्यागेका विषयमा भने खुलाएनन्।

- Advertisement -
Ad image

उक्त विषयमा यसअघिका आफ्ना टेलिभिजन कार्यक्रममा बताइसकेको उल्लेख गरे। उनले भने, ’यो विषयमा मैले चार वर्षअघि नै सेटल गरिसकेको छु। अदालतको निर्णय छ। त्यही आधारमा सफाइ पाएको हुँ।’

निर्वाचन आयोगमा परेको उक्त उजुरीलाई लिएर आफूले पत्र नपाएको बताउँदै पाएपछि स्पष्टीकरण दिने बताएका छन्। उनले भने, ‘यो एउटा उजुरी हो। उजुरीको जवाफ दिनेछौँ। मैले निष्ठापूर्वक गरेको काम र सेवा लुकेको छैन।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्