आजको मौसम: आंशिक बदली देखि हिमपातसम्म

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान केही भागमा आंशिक बदली रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी  भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमपातको हुने भएकाले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउनु पर्ने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array