गठबन्धन १० देखि १५ वर्षसम्म कायमै रहनेछः देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन् । त्यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन उनले आग्रह गरेका हुन् ।

मंगलबार सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन कायम रहनुपर्ने बताए ।

- Advertisement -
Ad image

देउवाले भने,‘ओलीजीले दुई पटक संसद् विघटन गर्नुभयो । संविधानको अंगभंग गर्ने काम गर्नुभयो, हामी संसद्को पूर्ण कार्यकाल राख्न चाहन्छौँ । यतिमात्र होइन माननीयहरूलाई संसद्को आलोचना गर्न दिन्छौँ । आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद् विघटन गर्दैनौँ ।’

देउवाले संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्