प्रधानमन्त्रीको बाजा बजाउन आवश्यक छैन: प्रकासशरण महत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले निर्वाचनअघि कसैले पनि प्रधानमन्त्रीको बाजा बजाउन जरुरी नभएको बताएका छन् ।

काँग्रेस महामन्त्री गगन थापालगायत केही नेताहरूले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर भोट मागिरहेको सन्दर्भमा सभापति निकट मानिने डा.महतले यस्तो जवाफ दिएका हुन् ।

डा। महतले प्रधानमन्त्रीको बाजा बजाएर पार्टीको हित नहुने समेत दाबी गरेका छन् । ‘त्यसकारण अहिले प्रधानमन्त्री वा दलको नेताका बारेमा बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता म ठान्दिनँ’, प्रवक्ता महतको भनाइ छ । उनले कुनै नेताले त्यसरी आफूलाई प्रस्तुत गरेपनि त्यसले पार्टीको पक्षमा माहौल नबन्ने र पार्टीको हित हुने पनि आफूले नदेखेको बताएका छन् ।

‘स्वयम् पार्टी नेतृत्व गरिरहनुभएका सभापति अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले भनिरहनुभएको छ, भनिसकेपछि अरूलाई ‘होइन म हुन्छु, म हुन्छु’ भनिरहनुपर्ने आवश्यकता किन पर्‍यो त्यो मलाई थाहा छैन’, महतले पार्टीका समग्र कार्यकर्ता, शुभचिन्तक, समर्थकको ध्यान अहिले कसरी बढीभन्दा बढी पार्टीका उम्मेदवारहरूलाई जिताउने र गठबन्धनका उम्मेदवारहरूलाई जिताउने भन्ने नै रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array