अब, वैदेशिक लगानीको न्युनतम सीमा २ करोड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– साना विदेशी लगानी नचाहिने भन्दै वैदेशिक लगानीको सीमा ५ करोड पुर्‍याएको सरकारले घटाएर न्युनतम २ करोड रुपैयाँ हुनुपर्ने राजपत्रमा प्रकाशित गरेको छ। सरकारले राजपत्रमा सोमबार सूचना प्रकाशित गर्दै सीमा लगाएको हो ।
विदेशीका लागि न्युनतम सीमा तोकिए पनि नेपाल सरकार र गैरआवासिय नेपाली सयुक्त लगानीमा स्थापना हुने इन्भेष्टमेन्ट कम्पनीका हकमा भने उक्त व्यवस्था लागु नहुने बताइएको छ । मन्त्रिपरिषदबाट स्वीकृत सीमालाई राजपत्रमा प्रकाशित गरिएको हो । यसअघि वैदेशिक लगानीको सीमा ५० लाख थियो। केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सीमा बढाएर ५ करोड पुर्‍याइएको थियो। साना विदेशी लगानी नचाहिने भन्दै सरकारले सीमा बढाए पनि लगानी आकर्षित भने हुन सकेन। ठुला लगानीको आस गर्दा साना लगानीको बाटो पनि बन्द भएपछि पछिल्लो सरकारले निर्णय फेरबदल गरेको बताएको छ ।
नेपाल आउजाउमा व्यवसायीका नाताले पाइने सुविधा प्रयोग गर्न वैदेशिक लगानी स्वीकृत गराउने तर लगानी भने नल्याउने प्रवृत्ति बढ्दै छ।

प्रतिक्रिया दिनुहोस्

Array