विकासका एजेन्डा नै मेरो जितको प्रमुख आधार होः महेश बस्नेत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
भक्तपुर –२ बाट प्रतिनिधि सभा सदस्य महेस बस्नेत विकासका एजेन्डा नै आफ्नो जितको प्रमुख आधार भएको बताउँछन । चुनाव प्रचारको क्रममा भक्तपुर विकासको जिम्मा आफ्नो भएको  बताएका छन् । आफूले गरेको विकासको गतिको जस विपक्षले लिन खोजेको उनले चुनावी सभालाई सम्बोध गर्ने क्रममा पनि बताएका थिए ।

भक्तपुर–२ मा अन्य स्थानमा जस्तो स्वतन्त्रहरुको दबाब कम छ। कांग्रेस र एमालेबीच नै चर्कोप्रतिस्पर्धा हुने देखिन्छ । तर, नेपाल मञ्जदुर किसान पार्टीले आफ्नो पूरानै उम्मेदवार अनुराधा थापालाई दोहोर्‍याएको छ। उनले गत चुनावमा ५ हजार बढी भोट ल्याएकी थिइन्। यसले पनि बस्नेतलाई दबाब सिर्जना गर्ने छ ।
भक्तपुर २ मा कूल ९१ हजार ९ सय ११ मतदाता रहेका छन्। २६ उम्मेदवार चुनावी मैदानमा रहेको भए पनि प्रतिस्पर्धा भने महेश र दुर्लभबीच नै हुने देखिन्छ।
गत संसदीय चुनावमा बस्नेतले उपत्यकाकै लोकप्रिय मतसहित चुनाव जिते पनि यसपटक भने भित्रिरुपमा दबाव महसुस गरेका छन् ।
भक्तपुर २ बस्नतेका लागि मात्र नभएर स्वंय अध्यक्ष केपी ओलीका लागि पनि उत्तिकै प्रतिष्ठाको विषय बनेको छ । पूर्वप्रधानमन्त्री ओलीको निवास भएकाले पनि यो सिंगो देशको नजर परेको र एमालेको प्रतिष्ठासँग जोडिएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्