मंसिरमा बैंकहरूले ब्याजदर नघटाउने, पुसमा भने तल–माथि हुन सक्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa
intrest

काठमाडौं–
मंगलबार बिहान बसेको बैंकर्स संघको बैंठकले मंसिर महिनामा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नघटाउने निर्णय गरेका छन् । अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल–माथि गर्नुपर्ने अवस्था नदेखिएको बैंकर्स संघले बताएको छ ।
‘मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले लिने लक्ष्यअनुसार पुसमा भने ब्याजदर तल–माथि गर्न सकिने संघले बताएको छ । मंसिरमा ब्याजदर नघटाउने बाहेक कुनै औपचारिक सहमति नभएको संघको भनाई छ । भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्युनतम ६.०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याजदर रहेको थियो ।
असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशतसमम पुगेको छ ।
असोजमा पनि बैंकहरुले व्यक्तिगत मुद्दतीमा १२.१३३ प्रतिशतको आधारमा बचतमा राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत मुद्दतीको अधिकतम ५ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याजदर प्रकाशित गर्ने सहमति भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: