अमेजनबाट १० हजार कर्मचारी हटाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – एक अमेरिकी अखबारले अमेजनले १० हजार मानिसलाई हटाउन लागेको दाबी गरेको छ । १० हजार कर्मचारी हटाए कम्पनीको इतिहासमा सबैभन्दा ठूलो कटौती हुनेछ।

उक्त पत्रिकाका अनुसार यसै साताबाटै कर्मचारी निकाल्ने प्रक्रिया सुरु हुन्छ । हालै सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर, मेटा र माइक्रोसफ्टले पनि ठूलो संख्यामा कर्मचारी निकालेका छन् । अब यो लिस्टमा ई(कमर्स कम्पनी अमेजनको नाम पनि जोडिएको छ ।

- Advertisement -
Ad image

कम्पनीसँग सम्बन्धित एक व्यक्तिले पहिचान खुलासा नगरी यो कटौतीको संख्यामा थप परिवर्तन हुन सक्ने जानकारी दिएका छन्। यो संख्या अमेजनको कुल कर्पोरेट कर्मचारीहरूको लगभग ३ प्रतिशत हो ।

बीबीसी

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्