राप्रपाका उमेदवार खडानन्द गैरे कांग्रेसमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – आसन्न मसिंर ४ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्वर २ बाट उमेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि मत माग्दै घरदैलो अभियानमा सक्रिय रहँदै आएका गैरे कांग्रेस प्रवेश गरेका हुन् ।

- Advertisement -
Ad imageAd image

लामो समय राप्रपाको राजनीतिमा सक्रिय उनले एक विज्ञप्ति जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेको उनले बताए । “राप्रपा सदाका लागि परित्याग गर्दै आजैको मितिदेखि मेरो उमेदवारी निष्क्रिय रहेको र कांग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा उमेदवार बनेका सत्ता गठबन्धन दलका उमेदवारलाई मेरो पूर्ण समर्थन र सहयोग रहने छ,” विज्ञप्तिमा भनिएको छ ।

गैरेलाई नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले कांग्रेसको सदस्यता हस्तान्तरण गरेका छन् । उनले पार्टीमा नेता गैरेलाई स्वागत गर्दै पार्टीमा उचित स्थान दिने बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्