गठबन्धन देशका लागि अभिसाप हो : ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन देशका लागि अभिसाप रहेको बताएका छन्।

आज भरतपुरमा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन जनताका लागि नभई खानाका लागि गरिएको बताएका हुन्।

- Advertisement -
Ad imageAd image

‘एमालेले सरकारी स्कुल बनायो, अस्पताल देशभर एकैपटक शिलान्यास गर्‍यो। ६१ वटा राजमार्ग विस्तारको काम सुरु गर्‍यो। विमानस्थल बनाउने काम गर्‍यो। तराईमा हुलाकी राजमार्ग विस्तार गर्दा पैसा पुग्छ,’ उनले भने, ‘गठबन्धन आउँदा किन त्यस्तो हुँदैन भन्दा खानाको बाहेक ध्यान छैन।’ उनले गठबन्धनलाई फुटेका हाडिको चोइटाको संज्ञा दिए।

उनले गएको स्थानीय तहमा गठबन्धनले ५ जना मारेको भन्दै अहिले हार्ने डरले विपक्षमाथि हातपात गर्न लागेको बताए। प्रशासनको सहयोगमा गुण्डागर्दीको काम भएको उनले बताए।

‘गुण्डागर्दिका कामहरू पार्टीको तर्फबाट विरोध र निन्दा गछौँ। काम कारबाही गर्न प्रशासनले एउटा ड्याङग्रो पनि बजाएको छैन, ’उनले भने। गठबन्धन दलहरूले जनता ढाँट्नका लागि घोषणापत्र जारी गरेका छन्।  गठबन्धनका दलहरू आफ्ना, आफ्ना आफ्ना घोषणापत्रमा चलेकोले ढाँट्ने बाटो मात्र भएको बताएका हुन।

उनले देश बनाउने मार्गचित्र एमालेको गन्तव्य भएको बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्