लमजुङको राइनासमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले अहिलेको गठबन्धन निर्वाचन पछिपनि कायम रहने वताएका छन्।
कतिपयले चुनावपछि गठबन्धन के हुन्छ? नयाँ बन्छ कि भन्ने अनुमान गरिरहेको उल्लेख गर्दै प्रचण्डले संविधान, लोकतन्त्र र शान्तिमाथि तथा जनताले पाएको अधिकारमाथि चुनौती रहुञ्जेलसम्म यो गठबन्धन कायम रहनेने वताए । प्रचण्डले भने “जबसम्म यो देशमा संविधान, लोकतन्त्र र शान्तिमाथि तथा जनताले पाएको अधिकारमाथि चुनौती रहिराख्छ, तबसम्म यो गठबन्धन पनि गइराख्छ। १०, १५, २० वर्षसम्म जाओस्। अब अर्को प्रयोग हुँदैन।
प्रचण्डले थपे, ‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु। अब त्यो ज्ञान यताउता हुनेवाला छैन। यही गठबन्धनलाई लिएर जाने हो,’ ।


प्रतिक्रिया दिनुहोस्