डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

सर्वोच्च अदालतले ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा. तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकाल्दै अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

- Advertisement -
Ad imageAd image

निर्वाचन आयोगले डा.तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोगको निवेदनलाई अस्विकार गरेको गर्दै  यसअघि दिएको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्