काठमाडौँ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा मौन अवधि नरहेको बताएका छन् ।

मौन अवधि नरहेकाले मतदानअघिको ४८ घण्टाको समयलाई व्यवस्थित बनाउने काम भइरहेको जानकारी दिएका उनले उक्त अवधिलाई यसपटक मौन अवधि नभएको र प्रचारप्रसार गर्न पनि प्रतिबन्ध लगाइएको बताए ।

उक्त समयावधिमा हुन सक्ने आचारसंहिताविपरीतका गतिविधिलाई रोक्ने गरी आयोगले काम गरिरहेको जानकारी दिएका प्रमुख आयुक्त थपलियाले यस पटक धेरैजसो आचारसंहिता उल्लंघनका घटना टिकटकबाट भइरहेको बताए । १ मंसिर रातीदेखि प्रचारप्रसार गर्न नपाइने उनको भनाइ छ ।