लोकतन्त्र र गणतन्त्रमा विश्वास गर्नेहरुले भोट दिएर जिताउनु हुन्छ : कृष्णप्रसाद सिटौला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

झापा – झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले लोकतन्त्रमा विश्वास गर्नेलाई जबरजस्ती राजावादीलाई भोट हाल भन्नु अनैतिकता भएको बताएका छन ।

यस क्षेत्रमा गठबन्धनका नेपाली काँङ्ग्रेसका पूर्व महामन्त्री तथा पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजे‌न्द्र प्रसाद लिङ्दे‌नको कडा प्रतिस्प्रधा रहेको छ । यस पटक भने सिटौला आफू जित्नेमा ढुक्क रहेको बताएका छन् । जनताले अहिलेको व्यवस्था बचाउनको लागि भए पनि आफूलाई भोट दिनेमा उनी विश्वास्त छन् ।

उनले भने, “पद र कुर्सीका लागि सिद्धान्तहीन राजनीति गर्नु भनेको अनैतिकताको पराकाष्ठा हो । एक अर्थमा पापकारी हो ।” उनले वामपन्थी विचारधारा र प्रगतिशील विचारधारकालाई, लोकतन्त्रमा विश्वास गर्नेलाई, गणतन्त्रमा, संघीयतामा र समानुपातिक सिद्धान्तमा विश्वास गर्नेलाई जबरजस्ती राजावादीलाई भोट हाल भन्नु अनैतिकताको पराकाष्ठा भएको चुनाव प्रचारप्रसार गर्ने क्रममा बताएका हुन् ।

निर्वाचन क्षेत्र नम्वर ३ मा सहिद भूमि भनेरे चिनिने भद्रपुर नगरपालिका रहेको र सदरमुकाममा २०४६, २०६२/०६३ को आन्दोलनमा धेरै सहिद भएका छन् भने कैयौँ घाइते र अपाङ्ग भएर बाँचेका छन् । त्यो आन्दोलनको बारेमा जनताले बुझेका छन् । त्यसैगरी, नेता सिटौलाले तत्कालीन विद्रोही माओवादीसँग १२ बुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता महत्वपूर्ण काम गरेर देशलाई आवश्यक पर्दा भूमिका खेलेको उल्लेख गरे ।

सिटौलाको झापा क्षेत्र नम्बर ३ को मुख्य योजना
आधारभुत रुपमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षाको क्षेत्रमा प्रमुख छ।
मेचीपारी र बिरिङपारीको गाउँलाई झोलुङ्गे पुलले जोड्नु छ ।
बिरिङ खोलालाई बलियो तटबन्ध गरेर बिरिङपारी रहेको पिन्डराबड गाउँमा समेत हामीले झोलुङ्गे पुल राखेर जोड्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: