प्रसारण लाइनमा अवरोध गर्ने रुखका हाँगा हटाउँदै महानगर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाले हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालेको छ । महानगरले विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म रुखको हाँगा हटाउन थालेको हो ।

विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको महानगरले जनाएको छ ।

- Advertisement -
Ad image

काटिएका हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गरिएको महानगरको भनाइ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्