नयाँ, साना र स्वतन्त्र उम्मेदवारका चुनाव प्रचारप्रसारको मुख्य माध्यम सामाजिक सञ्जाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०७९, सोमबार
3 Min Read
Aa

राममाया बस्नेत

काठमडौं– मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निवार्चनलाई लक्षित गरेर सामाजिक सञ्जालबाट सबै भन्दा बढि प्रचारप्रसार गर्नेमा नयाँ, साना दल र स्वतन्त्र उम्मेदवारहरु रहेका छन् ।

- Advertisement -
Ad imageAd image

पुराना दलहरुमा भने नयाँ उम्मेदवार र युवा उम्मेदवारको प्रचारप्रसार सामाजिक सञ्जालबाट तिब्र गतिमा भइरहेको छ । ठूला दलहरुमा नेकपा एमालेले समाजिक सञ्चालमार्फत प्रचारप्रसार तिब्र गतिमा गरिरहेको छ । एमाले स्रोतले बताए अनुसार एउटा उम्मेदावरको प्रचारप्रसार सामाजिक सञ्जालमा गर्न मात्र ३० जना भन्दा बढि कर्मचारी राखिएको बताएको छ । ‘उनीहरुले सामाजिक सञ्जालमा उम्मेदवारको एजेन्डा बुष्ट गर्ने देखि लिएर आवश्यक सामाग्री तयारी गर्ने र सामाजिक सञ्जाजलमा उठेका प्रश्नाहरु र प्रतिक्रियाको वाद र प्रतिवाद गर्ने गरेका छन्,’ स्रोतले भन्यो । गठबन्धनका पनि केहि नेताहरुले समाजिक सञ्जालमा प्रचार गरेको भए पनि प्रभावकारीता भने कम देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पाटि, विवेकशिल साझा र राप्रपा लगायतले सबै भन्दा बढि समाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन् । स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोषिमा कार्की, साझाका उम्मेदवार रञ्जु दर्शना राप्रपाका राजेन्द्र लिङ्गदेनको प्रचार समाग्री प्रया सबै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुकोमा पुगेको देखिन्छ । यद्यपी अन्य उम्मेदवारले पनि सामाजिक सञ्जाललाई चुनाव प्रचारको मुख्य माध्यम बनाएका छन् ।

स्थानीय तहको निवार्चनमा बालेन्द्र साहले सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरेर मेयरमा निवाचित भएपछि प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारहरुले प्रचारप्रसारको मुख्य माध्यम नै सामाजिक सञ्जाल बनाएका हुन् ।
सामाजिक सञ्चालमा पनि धेरै जसोको रोजाई फेसबुक हुने गरेको छ । केहि उम्मेदवारले ट्वीटर ,इन्स्ट्रग्राम, भाइबर र वाट्सएप लगायतका एपबाट प्रचार सामाग्री बुस्ट गरेका छन् । नयाँ युवापुस्तालाई प्रभावमा पार्न उम्मेदवारहरुको टिकटक समेत चुनाव प्रचारको माध्यम बनेको छ ।

राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जालमा गर्ने खर्चको पनि निवार्चन आयोगले निगरानी तथा अनुगमन गर्ने र सीमा उल्लंघन भएको पाए कारवाही गर्ने बताएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट अनुसार हालसम्म करिब ८३ प्रतिशत जनतासम्म इन्टरनेटको पहुँच पुगेको छ। सहज इन्टरनेटको पहुँच र सहजै मोबाइल प्राप्त हुनाले निर्वाचनमा समेत सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेको हो।

डाटा रिपोर्टले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा जनवरी २०२१ सम्म १ करोड ३० लाख सामाजिक सञ्जाल प्रयोगकर्ता रहेको कुरा दर्साउँदछ। सामाजिक सञ्जालमा पनि मानिसहरू सबैभन्दा बढी फेसबुकमा जोडिएको कुरा समेत तथ्याङ्कले देखाउँदछ। जनसंख्याको भारी हिस्सा सामाजिक सञ्जालमा देखिएको कारणले सामाजिक सञ्जाल अहिले चुनावमय बन्न पुगेको छ ।

चुनावी रौनकले गर्दा सामाजिक सञ्जालहरू विभिन्न पार्टीका कार्यालय र कार्यकर्ताले आफ्ना विचार अभिव्यक्त गर्ने विभाग जस्तै देखिन थालेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्