निर्वाचन आयोगद्वारा मतदान केन्द्र बनाउन सार्वजनिक भवनको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले मतदान केन्द्र प्रयोजनका लागि सरकारसँग सार्वजनिक भवन मागेको छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र बनाउन सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना माग गरेको हो ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै मतदान स्थल र केन्द्र तोकिएका र्साजनिक भवन २ मंसिरदेखि ४ कात्तिकसम्मका लागि उपलब्ध गराउन भनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि आइतबार मात्र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै मतदान स्थल र केन्द्र तोकिएको सार्वजनिक भवन आयोगलाई उपलब्ध गराउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array