धनुषाका एसपीलाई विभागीय कारबाही हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

धनुषा-राम्रोसँग निगरानी र नियमन गर्न नसकेको आरोपमा धनुषाका एसपी वसन्त रजौरेमाथि विभागीय कारबाही हुने भएको छ । उक्त कार्यको लागि प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।
प्रदेशस्तरीय सुरक्षास्तरीय गोष्ठी चलिरहेकै वेला गत साता धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका थिए। नगराइन नगरपालिका–२ जटहीस्थित पसलबाट चार हजार घुस लिँदै गर्दा नायब निरीक्षक देवकीलाल चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १७ कात्तिकमा रंगेहात पक्राउ गरेको थियो। त्यसवेला गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव विनोदप्रकाश सिंह, आइजिपी सिंहलगायत उच्च प्रहरी अधिकारी सुरक्षा गोष्ठीका लागि धनुषामै पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: