सञ्चारमन्त्री कार्कीविरुद्ध उजुरी, कर्मचारी प्रचारमा लगाएको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घनको उजुरी परेको छ।

गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सञ्चारमन्त्री कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।

- Advertisement -
Ad imageAd image

नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ।

जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले सुनसरी क्षेत्र नं.४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्कीविरुद्ध आचारसंहिता उल्लङ्घनको उजुरी दर्ता गराएका हुन्।

सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशासनको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारीसाधन प्रयोग गरिएकोलगायत आरोप लगाइएको छ।

पोखरेलले मन्त्री कार्कीले जनप्रतिनिधिलाई चुनावी समेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकाले उजुरी दिनुपरेको बताए।

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आफूले प्राप्त गरेको बताए।

उनले उजुरीको विस्तृत रूपमा अध्ययन गर्न बाँकी रहेको भन्दै अध्ययनपछि आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्