टी-ट्वान्टी विश्वकपको उपाधि इङ्ल्यान्डलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
3 Min Read
Aa

काठमाडौँ – इङ्ल्यान्डले आइतबार पाकिस्तानलाई ५ विकेटले हराउँदै आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ ।

इङ्ल्यान्डले ट्वान्टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो । इङल्यान्डले यसअघि २०१० मा पनि उपाधि जितेको थियो । त्यसको १२ वर्षपछि इङ्ल्यान्डले ८० हजार दर्शकमाझ दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो ।
अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङका लागि निम्त्याइएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३७ रनको योगफल खडा गरेको थियो । १३८ रनको लक्ष्य इङ्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

- Advertisement -
Ad imageAd image

उक्त लक्ष्य पूरा गर्नेक्रममा इङ्ल्यान्डका स्टोक्सले अविजित ५१ रन बनाए । उनले ४९ बलमा ५ चौका र एक छक्का प्रहार गरेका थ्एि । कप्तान जोस बट्लरले २६, ह्यारी ब्रुक्सले २० र फिल साल्टले १० रन बनाए । मोइन अलीले १९ रन बनाए ।

पाकिस्तानका ह्यारीस राउफले दुई विकेट लिँदा साहीन शाह अफ्रिदी, मोहम्मद वासिम र शादब खानले एक एक विकेट लिए ।

त्यसअघि पाकिस्तानका सान मसुदले ३८ रन बनाए । कप्तान बाबर आजमले ३२ रन थप्दा सदाब खानले २०, मोहम्मद रिजवानले १५ रन जोडे । पाकिस्तानका अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन् ।

पाकिस्तानलाई कम योगफलमै रोक्न इङ्ल्यान्डबाट प्रभावकारी बलिङ गरेको साम करनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका करनले १२ रनमात्र खर्चिए । आदिल आलम र क्रिस जोर्डनले समान दुई विकेट लिँदा बेन स्टोक्सले एक विकेट हात पारे ।

पाकिस्तानले यसअघि २००९ विश्वकपको उपाधि जितेको थियो । त्यसबाहेक विश्वकपमा दुवै टिमले समान एकपटक उपविजेतामा चित्त बुझाएका थिए ।

आज मेलबर्न क्रिकेट मैदानमा पाकिस्तान र इङ्ल्यान्डले फाइनल खेल्दै गर्दा सन् १९९२ को एकदिवसीय विश्वकपको फाइनलको झल्को दिएको थियो ।

त्यतिबेला संयोग गज्जबको छ । पाकिस्तानले १९९२ को विश्वकपमा उपाधिका लागि इंग्ल्यान्डसँग नै खेलेको थियो । र, फाइनलमा उपाधिका लागि खेल्नुअघि त्यसबेला पनि पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो ।
अझ रोमाञ्चक संयोग के भने त्यसबेला पनि अस्ट्रेलिया विश्वकपको साबिक विजेता थियो र प्रतियोगिताको सेमिफाइनलमा पुग्न सकेको थिएन ।

यसपटक पनि अस्ट्रेलिया ट्वान्टी–२० विश्वकपको साबिक विजेता भए पनि सेमिफाइनल पुग्न भने असफल भयो ।
तर, फाइनलमा उपाधि भने यसपटक इङ्ल्यान्डको नाममा रह्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्