मङ्सिर १ गते रातिदेखि चुनावी प्रचारप्रसार गर्न नपाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचार-प्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।

निर्वाचन आचार-संहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार-प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचार-प्रसारका लागि निर्धारण गरिएको छ ।

मंसिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचार-प्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array