चुप लागेर बस्नुस, भीम रावलको माया लागेको भए अछाम जानुस्: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – एमालेको चुनावी सभाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै गर्दा पुनः भीम रावलको ‘माग’ बढेको छ। आइतबार दैलेखमा ओलीले बोलिरहँदा दर्शकबाट रावलको नाम आएपछि ओलीले जवाफ पनि फर्काए।
ओली बोलिरहँदा ‘भीम रावल’ भन्ने आवाज आएपछि ओली केही आक्रोशित हुँदै जवाफ दिन्छन्- ‘चुप लागेर बस्नुस्। भीम रावलको माया लागेको भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस्।’

कात्तिक १८ गते ओलीले कञ्चनपुरको सभामा सम्बोधन गर्दा पनि रावलको माग भएपछि उनले रिसाउँदै जवाफ फर्काएका थिए। केही आक्रोशित जस्तो सुनिएर मञ्चबाट प्रतिवादमा उत्रिएका थिए– ‘भीम रावलको तपाईंलाई किन चिन्ता पर्‍यो ? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन ? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या? के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: