इन्टरनेट सेवा प्रदायक नै जुटे काठमाडौंको अस्तव्यस्त तार व्यवस्थापनमा, चरणबद्ध काम गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – इन्टरनेट सेवा प्रदायक संघले सहरी सौन्दर्य र जोखिम न्यूनीकरणलाई ध्यान दिँदै देशका विभिन्न ठाउँहरुमा तार व्यवस्थापनको काम सुरु गरेको छ।

संघले गत साउन २५ देखि असोज २७ गतेसम्म ठमेल, असोज २ देखि १६ गतेसम्म टोखा नगर, न्युरोड लगायतका ठाउँमा तार व्यवस्थापन भएको जनाएको छ।

- Advertisement -
Ad imageAd image

यस्तै, कात्तिक २६ गतेबाट भने सिंहदरबार क्षेत्रमा तार व्यवस्थापनको काम सुरु गरिएको बताइएको छ।

चरणबद्ध रुपमा नेपाल विद्युत प्राधिकरण, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका निकायहरुको उपस्थितिमा तार व्यवस्थापन गर्न सुरु गरिएको संघले जनाएको छ।

संघले पुतलीसडक-माइतीघर क्षेत्रमा कात्तिक २६ देखिबाट तार व्यवस्थापन सुरु गरेको छ। दोस्रो चरणमा माइतीघर-हनुमानस्थान र हनुमानथान-भाटभटेनी सुपरमार्केटसम्म, तेस्रो चरणमा हनुमानथान-अनामनगर क्षेत्र र चौथो चरणमा अनामनगर-पुतलीसडक क्षेत्रमा तार व्यवस्थापन हुने जनाएको छ।

तार व्यवस्थापनको अल्पकालीन समाधानको काम भएपनि दीर्घकालीन समाधान गर्न संयुक्त पूर्वाधार कम्पनी खडा गर्नुपर्ने संघले जोड दिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्