युनाईटेड इन्स्योरेन्सको लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – युनाईटेड इन्स्योरेन्सले आर्थिक वर्ष ७८-७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ। । इन्स्योरेन्सको कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८-७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले कम्पनीको आ. व. २०७८-७९ का लागी हाल कायम रहेको चुक्ता पूँजी रु १,०२,८१,६०,००० को ५ प्रतिशतका दरले हुने बोनस शेयर रु ५,१४,०८,००० (अक्षेरुपी पाँच करोड चौध लाख आठ हजार मात्र) र नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) ०.२६३२ प्रतिशतले हुने रु २७,०५,६८४ (अक्षेरुपी सत्ताइस लाख पाँच हजार छ सय चौरासी मात्र) गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

- Advertisement -
Ad image

नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्